ललितपुर, असोज २३ । ललितपुरको ईमाडोलमा भित्री वस्त्र पसल खुलेको छ । हिन्दुहरुको महान चाड दशैंको पुर्व सन्ध्यामा अर्थात यही असोज २३ गते शनिवार लोकप्रिय गायक कमल खत्री, टिकटकमा प्रसिद्ध रहनुभएका कलाकारहरु, कार्यक्रम प्रस्तोता शशि खड्का, सञ्चारकर्मी किरण तुलाधर, अन्य सञ्चारकर्मी एवं समाजसेवी लगायतका व्यक्तिहरुको बिशेष उपस्थितीमा रिवन काटेर उक्त पसलको उद्घघाटन गर्नुभएको हो ।
पसलको समुघाट्न गर्दे गायक खत्रीले पसल खुुलेकोमा खुसी व्यक्त गर्नुभयो । समयसापेक्ष परिवर्तन हरेक क्षेत्रमा भईरहेको सर्वविदितै रहेको छ । बजारमा किनमेलको चटारो र झन्झट संधै हामीले भोग्दै आईरहेका छौं । यो अवस्थामा सरल र सुलभ किनमेल त आठौं आश्र्चर्य जस्तै भएको छ, आममानव जीवनमा । हो, यही कुरालाई दृष्टिगत गरी विशेषत भित्री लुगाहरुको संगालो एउटै छाना (वस्त्र) मा पाउन सजिलो होस भन्ने हेतुले तपाईहरुको शहरमा (ईमाडोल–४) भित्री वस्त्र पसलको सुभारम्भ भएको छ, पसलकी सञ्चालिका आशा केसीले भन्नुभयो ।
पसलमा सबै उमेर समुहका दिदिबहिनी, आमाबुुबा सबैलाई टपक्कै मिल्नेगरी ब्रा, पेन्टी, स्वीम सुट, जीम सुट, कट्टु, गञ्जी, टावेल, हाते रुमाल, स्पोटर्स ब्रा, योग सुट, लेगिन्स लगायतका सम्पुर्ण भित्री वस्त्रहरु उपलब्ध रहेकाछन् । समय अनुसार चल्ने भित्री वस्त्र पसल अनलाईन सपमा पनि छिट्टै जान्छौं, सञ्चालिका केसी भन्नुहुन्छ । यहाँहरुको किनमेल सुखद होस र फेरि पनि सेवा गर्ने अवसर दिनुहुन बिनम्र अनुरोध गर्दछु, सञ्चालिका केसीले भन्नुभयो ।