कतार, असोज २४ । क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान थप बिस्तार गर्नु भएको छ ।
शनिबार राति कतारसँग भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले ३–० ले हराउने क्रममा रोनाल्डोले आफनो कीर्तिमान थप बिस्तार गर्नु भएको हो ।
कतारसँग भएको मैत्रीपूर्ण खेलमा रोनाल्डोसहित जोसे फोन्ते र आन्द्रे सिल्भाले गोल गरेका हुन् ।
रोनाल्डोले ३७ औँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाउनु भयो भने ४८ औँ मिनेटमा फोन्ते र ९० औँ मिनेटमा सिल्भाले गोल गर्नु भयो ।
रोनाल्डोले पोर्चुगलका लागि हालसम्म ११२ गोल गर्नु भएको छ । राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पुरुष खेलाडी रहनु भएको रोनाल्डोले आफ्नो कीर्तिमान लगातार बढाउँदै लग्नु भएको छ ।
केही समय पहिले उनले १०९ गोल गरी इरानका अली दाईले बनाएको कीर्तिमान भंग गरेका हुन् । एजेन्सी