काठमाडौ, असोज २४ । दोस्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जित्नु भएको छ । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलो खबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिनु भएको हो ।
उहाँलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराई दिनुभएको हो । साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटीएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारी लगायतले पनि उनलाई सम्मान गर्नुुभएको थियो ।
ताजसंगै उहाँले ५० हजार रुपैया वरावरको कौसीमा ग्रीन हाउस उपाहार पाउनुुभएको छ । त्यसैगरी, त्यसै गरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनर अप बनेपाकी विजया मानन्धर हुनुभयो । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनर अप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ हुुनुभएको थियो । सोही कार्यक्रममा अप्रतियोगि पुष्प व्यावसायी भक्तपुरकी राधा मताङगीलाई पनि ‘फ्लावर क्विन’को उपाधीले सम्मान गरिएको थियो ।
फस्ट रनर अपले २० हजार, सेकेन्ड रनर अपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बरावरको कौसी खेतीका सामाग्री पाउनुभएको छ । त्यसैगरी सहभागी सबैलाई एक हजार बराबरको सान्त्वना पुरस्कार पनि वितरण गरिएको छ ।
प्रतियोगितामा देशभरबाट ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो । जस मध्ये ललितपुर थास खेलकी राधा ढकाल, बालाजुकी सरस्वती खाण्ड ठकुरी, चन्द्रागरीकी चन्द्रमाया माली, कीर्तिपुर २ मैत्रीनगरकी लीला खनाल हाजुर, भक्तपुर सिर्जनानगर आकाश पुलकी विनिता राजभण्डारी, पोखराकी सरस्वती अधिकारी, बनेपाकी विजय मानन्धर, तनहुँ व्यास नगरपालिका ४ संगम टोलकी विमला कार्की, चन्द्रागीरिकी राधिका अर्याल, कीर्तिपुरकी मृदुला श्रेष्ठ र कुलेश्वरकी कृष्ण मैया अधिकारी टप टेन भित्र परेका पर्नुभएको थियो ।