ललितपुर, असोज २४ । दसैंको अवसरमा इमाडोल वरपर क्षेत्रका बासिन्दालाई सहज होस् भन्ने उद्देश्यका साथ ‘भित्री वस्त्र’ पसल सञ्चालनमा ल्याइएको छ। भित्री वस्त्र पसलले नारीको सम्मान भन्ने नाराका साथ नारी (विवाहित÷अविवाहित) लागि सहज होस् भन्ने उद्देश्यले पसल सञ्चालनमा ल्याएको हो ।
पसलमा महिलाका लागि भित्र लगाउनको लागि आवश्यक सम्पूर्ण सामग्रीका साथै पुरुषहरुका लागि समेत सिमित सामग्री पाउने बताइएको छ । भित्री वस्त्रस्वरुप ब्रा, पेन्टी, समिज, स्वीम सुट, जीम सुट, योगा सुट, लेगिन्स, ठूला तथा साना रुमाल लगायतका सम्पूर्ण सामग्री पाउनु हुनेछ ।
महिलाका लागि भित्री वस्त्र अति आवश्यक सामग्री हुने हुदाँ सेतोपोखरी, कमलपोखरी, कृष्णमन्दिर, लुभु, लामाटार लगायतका स्थानीय महिलालाई सहज होस् भन्ने उद्देश्यले पसल सञ्चालनमा ल्याएको पसल सञ्चालक आशा केसीले बताउनु भयो । ‘हामीले नारीको सम्मान भन्ने नारा नै राखेको कारणले गर्दा सुपथ मुल्यमा भित्री वस्त्रका कपडा उपलब्ध गराउने सोचका साथ पसल सञ्चालन गरेका छौं’, केसीले भन्नुभयो,‘ त्यसैले गर्दा सस्तो मुल्यमा उच्च गुणस्तीरय सेवा दिनु हामीले कर्तव्य ठानेका छौं। सस्तो भन्नाले अन्य पसल, स्टोरभन्दा कम्तिमा पनि ७० देखि ८० प्रतिशत सस्तो दिन लागेको हौं ।’
भित्री वस्त्र पसल सञ्चालनमा आए सँगै यस क्षेत्रका महिला दिदी बहिनीहरुलाई चक्रपथ भित्र रहेको बजार जानुपर्ने वाध्यता हट्ने छ । चक्रपथ बाहिरी अर्थात् इमाडोल क्षेत्रमा महिला दिदी बहिनीले लगाउने भित्री कपडाको पसल नहुदाँ स्थानीयहरु लगनखेल, मंगलबजार लगायत ठाँउमा जानु पर्ने वाध्यता थियो अब भित्री वस्त्र पसल स्थापना सँगै सो वाध्यताबाट यहाँका स्थानीय मुक्त हुने अर्का सञ्चालक आशा केसीको भनाई छ ।
‘भित्री वस्त्र अति आवश्यक हो महिलाका लागि त्यति किन्नको लागि सवारी साधन चढेर पाटन क्षेत्र जानुपर्ने वाध्यताबाट यहाँका स्थानीयलाई छुटकार मिलेको छ’, उहाँले भन्नुभयो ,‘ आफनै क्षेत्रमा भए पछि सवारी साधन चढेर जानुपर्ने रकम जोगियो, समय जोगियो ,गुणस्तरीय कपडा पाउन सक्नुभयो । यो भन्दा ठूलो राहत अरु के हुन सक्छ अहिलको व्यस्त समयमा ।’ पसल सञ्चालनमा आएकै दिन करिब एक लाख रुपैयाँको सामान बिक्री भएको बताइएको छ । पसल चाँडै नै अनलाइनमा समेत आउने बताइएको छ ।
पसललाई लिएर स्थानीयलाई जानकारी होस् भन्ने उद्देश्यले लोकप्रिय गायक कमल खत्रीले रिबन काटेर औपचारिक रुपमा पसलको उद्घाटन समेत गर्नु भयो । उद्घाटन कार्यक्रममा गायक खत्रीले नारीको सम्मानका साथ स्थापना गरिएको भित्री वस्त्र पसलले दिने सेवाले आफू अत्यन्त खुशी लागेको बताउनु भयो ।