काठमाडौँ, असोज २५ । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसँग १–०ले पराजित भएको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्रीले एकमात्र निर्णयक गोल गरे । खेलको पहिलो हाफ दुवै देशले गोलरहित बराबरी खेलेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको ८२ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई १–०को जित दिलाएका हुन् । सुनिलले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गर्नु भएको हो ।
त्यसअघि नेपालका कप्तान किरणकुमार लिम्बुले भारतका मनवीर सिंहको हेडरलाई उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टार्नु भएको थियो ।
खेलमा बलियो देखिएको भारतविरुद्ध नेपालले सुधारिएको प्रदर्शन कायम राखे पनि गोलको अवसर बनाउन भने सकेन । एक गोलले पछि परेपछि आक्रमक खेल पस्केको नेपालले पाएको मौका पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।
यो जितसँगै भारतले फाइनल पुग्ने समीकरणको सपना जिवितै राखेको छ । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले भने फाइनल पुग्न अर्को खेल कुर्नुपर्ने भएको छ । नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३२ ले हराएको थियो ।