Kath khabar
खाद्यले एकै दिन बेच्यो ५३० खसीबोका

काठमाडौं, असोज २५ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइनबार एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरेको छ ।

कम्पनीको थापाथलीमा रहेको प्रधान कार्यालयबाट हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्म  खसीबोका बिक्री गरेको खाद्यले अहिले बिहान ८ बजेदेखि फेरि बिक्री सुरु गर्दैछ ।

 खाद्यले प्रतिकिलो ६ सय ४० रुपैयाँमा खसीबोका बेचिरहेको छ । यसपालि खसीकोको मूल्य किलोमा ६ सय ५० रुपैयाँ तोकिएको थियो । यसमा १० रुपैयाँ छुट दिएर खाद्यले ६ सय ४० रुपैयाँमा बिक्री थालेको हो ।

गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । फुलपाती आउन लागे सँगै सरकारी संस्थानसँगै निजी व्यवसायीले सञ्चालन गरेका खसी बजारमा पनि खसीबोका किन्ने उपभोक्ताको भीड लागेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update