काठमाडौं, असोज २५ । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । अर्जेन्टिनाले उरुग्वेलाई ३–० गोलले पराजित गर्यो। ३८ औं मिनेटमा अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसीले पहिलो गोल गरे।
४४ औं मिनेटमा डि पाउलले ६२ औं मिनेटमा अग्रत दोब्बर पार्दा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि तेस्रो गोल गर्नुभयो ।
यस्तै छनोट खेलमा ब्राजिल भने कोलम्बियासँग गोलरहित बराबरी खेलेको छ । यो सँगै छनोट खेलमा यसअघि लगातार ९ खेलमा जित हात पारेको ब्राजिल आफ्नो दशौं खेलमा भने बराबरीमा रोकियो।
खेलमा ब्राजिलले अवसर पाए पनि सदुपयोग गर्न सकेन। राफिन्हा, फ्रेड र एन्थोनीले प्राप्त अवसरलाई गोल गर्न सक्नु भएन ।
बराबरीपछि पनि अंक तालिकामा ब्राजिलको अग्रता ९ अंकको छ। शीर्ष स्थानको ब्राजिलले १० खेलबाट २८ अंक जोडेको छ। दोस्रो स्थानको अर्जेन्टिनाको भने १० खेलबाट १९ अंक छ।