नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश, रच्यो इतिहास
काठमाडौं, असोज २७ । साफ इतिहासमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । बंगलादेशविरुद्धको आजको खेल १-१ को बराबरीमा टुंगिएपछि नेपालले ७ अंकका साथ फाइनलमा प्रवेश गरेको हो ।
राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।
बंगलादेशका सुमन रेजाले नवौं मिनेटमा पहिलो गोल गरेपछि दबाबमा परेको नेपालले ८७ औं मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई अञ्जन विष्टले सहजै गोलमा परिणत गर्नुभयो । यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन ।
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८ १९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय