Kath khabar
राष्ट्र बैंकद्वारा रकम लगानीको आव्हान

काठमाडौं, वैशाख १७ । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई रकम लगानीको लागि आव्हान गरेको छ । राष्ट्र बैंकले शुुक्रबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी समेतको नाउमा सुचना जारी गर्दे दुई अर्ब २१ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको हो । राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा २०७८ जेठ दुई गतेदेखि २०७९ जेठ १ गते सम्मको लागि बिभिन्न कोषमा रहेको रकम राख्न लागिएको आव्हान गरिएको हो । 

मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ६० करोड १७ लाख, विकास बैंकहरुको लागि ३० करोड तीन लाख र फाईनान्स कम्पनीहरुको लागि १० करोड एक लाख रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक बैंक तथा फाईनान्स कम्पनीहरुले यही वैशाख २१ गते अपरान्ह एक बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर बोलकवोल पेस गर्नुुपर्ने छ । 

रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने आदि शर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update