Kath Khabar
नेपालमा थप ३९१ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, असोज ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ९१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल सात हजार नौ सय ७७ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार दुई सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप छ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा रहेका कुुल सक्रिय संक्रमितहरु मध्ये १२ हजार दुई सय ९७ जना आईसोलेसनमा रहेका छन् भने दुई सय ३१ जना क्वारेन्टाईनमा रहेकाछन् ।

 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update