Kath khabar
मोहन वैद्यलाई भेट्न नर्भिक पुग्नुभयो प्रचण्ड


काठमाडौं, कात्तिक १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल आइपुग्नुभएको छ। दमको समस्या बढेर हिजो(आइतबार) देखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल आइपुग्नुभएको हो ।

उहाँले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको थियो । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । सो क्रममा उहाँले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।

प्रचण्ड नर्भिक अस्पतालमा करिब २० मिनेट बस्नुभएको थियो । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुग्नुभएको थियो ।

आइतबार बिहान नर्भिक भर्ना हुनुभएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ ।  

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update