Kath khabar
राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त
सदस्यसचिव रमेश सिलवाल

काठमाडौँ, कार्तिक २ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल बर्खास्त हुनु भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको हो।

उहाँलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो। अघिल्लो ओली सरकारले आफूखुशी (अयोग्य) व्यक्तिहरुलाई नियुक्त गरेको थियो भने वर्तमान सरकारले उनीहरुलाई वर्खास्त गर्दै अघि बढेको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update