Kath Khabar
कस्तो जम्यो त म्युजिक भिडियोमा पुष्प र एलिशाको जोडी 

काठमाडौं, कात्तिक २ । शिक्षण पेशा संगै लामो समय देखि नेपाली गीत संगीतमा सक्रिय गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो टारी खेत’ सार्वजनिक भएको छ । यसअघि थुप्रै कलेक्शन एल्वममा आफ्नो स्वर दिइसक्नुुभएका शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको युगल गायनमा उक्त म्युजिक भिडियो सार्वजनिक गर्नुुभएको हो । 

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गर्नुभएको हो । दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड रहनुु भएको छ । साथमा भिडियोमा सुरेश कोहली, आरोही चापागाई, प्रताब मगर, कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ । शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गर्नुभएको छ । 

भिडियो लिंक
https://youtu.be/IG3WdQz6ank 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update