काठमाडौँ, कार्तिक ३। च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले जर्मनी क्लब आरबि लेइपजिंगविरुद्ध जित निकालेको छ ।
घरेलु मैदानमा भएको खेलमा समूह ए को पिएसजीले आरबी लेइप्जिगलाई ३–२ ले पराजित गरेको हो ।
पिएसजीको जितमा लियोनेल मेसीले २ गोल र किलियन एम्बाप्पेले एक गोल गर्नु भयो ।
नवौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा पिएसजीले सुरुवाति अग्रता लियो । तर आरबीका लागि २८ औँ मिनेटमा आन्द्रे सिल्भा र ५७ औँ मिनेटमा नार्डी मुकिएलले गोल गर्नुभयो ।
पछि परेको पिएसजीका लागि मेसीले ६७ र ७४ औँ मिनेटमा गोल गर्नु हुदै जित दिलाउनु भयो ।
उहाँले व्यक्तिगत दोस्रो गोल पेनाल्टी मार्फत गर्नुभयो । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पेले गोल गर्न सक्नु भएन।
जितपछि पिएसजी तीन खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ । ६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।