Kath khabar
विराटनगर विमानस्थल जलमग्न, सबै उडान रद्द

काठमाडौं, कार्तिक ३ । लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको छ ।  विराटनगर विमानस्थल जलमग्न भएकाले काठमाण्डौ–विराटनगरका सबै उडान रद्द भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न भएको छ ।

केसलीया खोलामा आएको बाढी पस्दा विराटनगर विमानस्थलको रनवे, पार्किङ लगायतका ठाउँ डुबानमा परेका छन् । अन्य क्षेत्रमा भने उडान हुन थालेको कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो एकै दिन एक सय वटा आन्तरिक उडान रद्द भएका थिए ।
यस्तै बुद्ध एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित उडानहरू रद्ध गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update