Kath khabar
रोनाल्ड कोमनमाथि प्रतिबन्ध

स्पेन, वैशाख १८ । स्पेनिस क्लब बार्सीलोनाका प्रशिक्षक रोनाल्ड कोमन माथि दुइ खेलको प्रतिबन्ध लागेको छ । ५८ वर्षिय कोमनलाइ ला लिगामा ग्रानाडा विरुद्धको खेलमा ६४ औं मिनेटमा रातो कार्ड दिइएको थियो । त्यसको एक मिनेट अघि ग्रानाडाका ड्रविन माचिसले बार्सा विरुद्ध गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याउनुभको थियो  । यो खेलमा बार्साले दुइ एक गोलको अप्रत्यासित हार बेहोरेको थियो । बारम्बार चेतावनी दिएपनि उहाँले फोर्थ अफिसियल माथि अपशब्द प्रयोग गर्नु भएको थियो ।

स्पेनिस फुटवल संघले खेल पदाधिकारी माथि गरेको अपमानजक ब्यबहारका लागि प्रशिक्षक कोमनलाइ प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बार्साले फुटवल संघको निर्णय विरुद्ध अपिल गर्ने जनाएको छ । प्रतिबन्ध पछि उहाँले, ला लिगाको उपाधी दौडमा बार्साकालगि महत्वपुर्ण मानिएको एट्लेटिको मड्रिड र भ्यालेन्सिया बीचको खेल गुमाउनु हुनेछ । बार्सीलोनाले भोली भ्यालेन्सियाको भ्रमण गर्दैछ ।शीर्ष स्थानको एट्लेटिको संग आठ मे मा घरेलु मैदानमा खेल्नेछ । बार्सीलोना ३३ खेलबाट ७१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एट्लेटिको बार्सा भन्दा दुइ अंकले अघि छ । दोस्रो स्थानको रियालको भने समान ७१ अंकनै छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update