Kath khabar
निक्षेपको व्याजलाई १० प्रतिशतमा सिमित राख्न राष्ट्र बैंकले दियो निर्देशन

काठमाडौं, कात्तिक ३। नेपाल राष्ट्र बैंकले निक्षेपको व्याजलाई १० प्रतिशतमा सिमित राख्न निर्देशन दिएको छ । मंगलबार मध्यरातमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । 

निर्देशन अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले आज बुुधबारसम्ममा आफ्नो वेबसाईटमा संसोधित ब्याज सार्वजनिक गरिसक्नुु पर्नेछ । निर्देशन अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले जुुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित व्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् भने संस्थागत मुुद्धती निक्षेप (बोलकवोल समेत) मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुुद्धती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदर भन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुुनुुपर्नेछ । 

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदरमा समेत संशोधन गरी यही कात्तिक तीन गते अर्थात आज बुधबारभित्र आफ्नो वेभसाईट मार्फत सार्वजनिक गरी आजकै मितिबाट लागुु गर्नुपर्ने छ । यस्तो व्याजदर यही कात्तिक पाँच गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।  


 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update