Kath khabar
सिद्दार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं, कात्तिक ३। सिद्दार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिक देखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसका लागि ग्राहकहरुले बैंकको इजी बैंक प्लेटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहजरुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् । 

पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्घार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दे आएको थियो । अब ग्राहकहरुले घरबाटै इजी बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update