अहमदाबाद, वैशाख १८ । केएल राहुलले उत्कृष्ट प्रदर्शन गरेपछि पंजाव किंसले इन्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैङलोर माथि ३४ रनको जीत हात पारेको छ ।
अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको पंजावले २० ओभरमा ५ विकेट गुमाएर १ सय उनानअसी रन बनाएको थियो । पंजावका लागि कप्तान राहुलले ९१ रनको अविजीत पारी खेल्नु भयो । ओपनर प्रभसिमरन सिंह सात रनमानै आउट हुनुभको थियो तर राहुल र क्रिस गेलले पारी सम्हाल्नु भयो । दुबैले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्नुभयो ।
गेलले २४ वलमा ४६ रन जोड्नु भयो । राहुल ५७ वल खेल्दै ९१ रनमा अविजीत रहनु भयो । उहाँले सात चौका र ५ छक्का प्रहार गर्नुभको थियो । कायल जेमिसनले २ विकेट लिनुभयो । जवाफमा बैङलोरले पुरै ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय ४५ रन मात्र बनाउन सक्यो । विराट कोहलीले ३६, रजत पाटिदारले ३१, हर्षल पटेलले ३१ र जेमिसनले १६ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक् छुन सक्नु भएन । ग्लेन म्याक्सवेलले खाता खोल्न सक्नु भएन भने एबि डि भिल्लयर्स ३ रनमा पवेलियन फर्किनुभको थियो ।
बैङलोरलाइ सस्तैमा समेट्ने क्रममा हरप्रित बराडले चार ओभरमा एक मेनड सहित मात्र १९ रन खर्चिएर ३ विकेट लिनुभयो । रवि बिसोनीले दुइ विकेट हात पार्नु भयो । हारपटि बैङलोरले अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौक गुमायो । तेस्रो स्थानमा रहेको उसको ७ खेलबाट दश अंक छ । दोस्रो स्थानको दिल्ली क्यापिटल्सको पनि समान खेलबाट दश अंकनै छ । शीर्ष स्थानमा दश अंकका साथ चेन्नाइ सुपर किंस छ । चेन्नाइले दिल्ली र बैङलोर भन्दा एक खेल कम खेलेको छ ।