Kath khabar
दक्षिण कोरिया जाने युवाले १५ सय डलरसम्म बैंकहरुबाट साट्न सक्ने

काठमाडौं, कार्तिक ४ । नेपाल राष्ट्र बैंकले दक्षिण कोरिया जाने युवाहरुको डलर सटहीमा वृद्धि गदै एक हजार पाँच सय पुराएको छ । कोभिड १९ का कारण दक्षिण कोरिया जाने नेपाली युवाहरु क्वारेन्टिन बस्नुपर्ने वाध्यताका कारणले गर्दा डलर सहटीमा वृद्धि गरेको हो ।
दक्षिण कोरिया जाने व्यहोरा खुल्ने वैदेशिक रोजगार विभागको सिफारिस पत्र समेततको आधारमा सो सटही सुविधा उपलब्ध गराउने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताउनु भएको छ । विद्युतीय कार्डको माध्यमबाट समेत सटी सुविधाको व्यवस्था गरिएको छ ।

यस्तै राष्ट्र बैंकले वैदेशिक रोजगारीको लागि अन्य मुलुक जाने युवाहरुलाई भने दुई सय डलर सटही सुविधा प्रदान गरेको छ ।  नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर दुई सय सम्म मात्र सटही उपलब्ध गराउनु पर्ने राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंक, बैंकिङ विभाग लगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरुमार्फत् उक्त सुविधा प्रदान गरिनेछ । एकीकृत परिपत्र ७÷२०७६ को दफा १ (ख) को खण्ड (३) मा थप संशोधन गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक तथा विकास बैंकहरुलाई विदेशी विनिमय (नियमति गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सटही गरिदिन निर्देशन दिएको हो ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update