Kath Khabar
कोभिड बिरामीको उपचारका लागि नेकमा एक सय वेडको आइसोलेसन वार्ड तयार  

भक्तपुर, वैशाख १८ । कोभिड विरामीको उपचारका लागि नेपाल सरकारले नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा एक सय वेडको आइसोलेसन वार्ड तयार पारेको छ । अहिले त्यहाँं विरामी राख्न तयारी अवस्थामा पुगेको छ । 

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलव्ध गराएको जनाउनु भयो । कलेजको ठूलो कार्यक्रम हल त्यसका लागि उपलव्ध गराएको जानकारी उहाँले गराउनु भयो । वार्डका लागि बाँंकी सवै काम नेपाल सरकारले नै गरेको उहाँले स्पष्ट पार्नु भयो  । 

वेड र त्यसका लागि आवश्यक सम्पूर्ण सामाग्री जस्तै प्रत्येक वेडका लागि चाहिने ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, सावुन, रुमाल, टुथपेष्ट, मन्जन लगायतका सम्पूर्ण सामानको एक सय सेट सरकारले नै व्यवस्था गरिदिएको उहाँले जनाउनु भयो । साथै वेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उहाँले जनाउनु भयो । शनिबार विहानसम्म त्यहाँं विरामी भने पुगेको छैन । तर विरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ ।

 यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं वेड विस्तार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले विरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशाशनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही वेडको विस्तार गरिएको हो । 

देशभरसँंगै भक्तपुरमा पनि कोरोनाको संक्रमण वढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु रहेका छन् । यी चारमध्ये जिल्लामा सवैभन्दा वढी कोरोना संक्रमित क्रमशः मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकाहरुमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार हालसम्म पीसीआर पोजेटिभ हुनेहरुको संख्या (वैशाख १७ गतेसम्म) मध्यपुर थिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा ७ जना संक्रमितहरु छन् । साथै पाँंच जना सम्पर्कविहीन छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update