मन्त्री श्रेष्ठसँग स्वीट्जरल्याण्डका राजदुत केप्लरको शिष्टाचार भेट
काठमाडौ, कात्र्तिक ६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गर्नु भएको छ । शुक्रबार स्वीट्जरल्याण्डका राजदुत इलिजावेथ भोन केप्लरले सिंहदरबारस्थित कार्यकक्षमा मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा राजदुत केप्लरलेमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।नेपाल–स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुई देशबीच नजिकबाट सहकार्य हुँदैआएको बताउनुभयो ।राजदुत केप्लरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझ प्रगाढ बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८ १०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय