Kath khabar
उत्तर चीनको रासायनिक भट्टी विष्फोट : ४ जनाको मृत्यु ३ घाइते
सांकेतिक तस्बिर

ओहोट, कार्तिक ६ । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
उक्त विष्फोट राति ११:०० बजे भएको थियो।

अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन्  भने कम्पनीले उत्पादन रोकेको छ।
दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update