Kath khabar
कोरोनाका कारण भलिबल गतिवीधी अनिश्चित समयका लागि स्थगित

काठमाडौं, वैशाख १८ । कोरोना भाइसको संक्रमण दरको बृद्धिदरलाई मध्यनजर गर्दै नेपाल भलिबल संघले केही समयका लागि भलिबल गतिवीधी  स्थगीत गरेको छ ।

आज संघले आफ्नो आधिकारिक फेसबुक पेजबाट बढ्दो कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगीत गरेको बताएको छ । आगामी अगष्ट सेप्टेम्बरमा चीनमा हुने महिला तर्फको एसियन भलिबल च्याम्पियनसिप एभिसीमा सहभागिता जनाउने टिमले यही साताबाट प्रशिक्षण थाल्ने तयारी थियो र किर्गीस्तानमा जुनमा हुने एसियन च्यालेञ्ज कपमा सहभागि हुने पुरुष खेलाडीको वैशाखमै  अभ्यास गर्ने तालिका रहेपनि काठमाण्डौँ जारी  निषेद्याज्ञा कारण हालका लागि स्थगित भएको हो ।

पछिल्लो पटक २०७८ सालमा संघले सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता गरेको थियो । प्रतियोगिता वैशाखको दोस्रो साताबाट आयोजना भएको हो । यस अघि नेपाल क्रिकेट संघ क्यानले पनि कोरोनाको कारण सम्पुर्ण क्रिकेट गतिविधी अनीश्चित समयका लागि स्थगित गरेको थियो । शुक्रबार क्यानले एक विज्ञप्ती सार्वजनिक गरी राष्ट्रिय प्रतियोगिता, जिल्ला छनौट, प्रादेशिक प्रतियोगिता र विभिन्न देशसँग तय भएका सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको थियो ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update