Kath khabar
म्यानचेस्टर सिटीद्धारा ब्राइटन ४–१ ले पराजित

लन्डन, कार्तिक ७ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले पराजित गरेको हो । सिटीको लागि १३ औँ मिनेटमा इल्काइ गुण्डोगान, २८ र ३१ औँ मिनेटमा फिल फोडिन र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा रियाद महरेजले गोल गर्नुभयो ।

सिटीले ब्राइटनलाई खेलमा फर्किन नदिदाँ एक गोलमा सीमित हुन पुग्यो । ब्राइटनका लागि ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा म्याक एलिस्टरले एक गोल गर्नुभयो । जितपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीको ९ खेलबाट २० अंक भएको छ । ब्राइटन १५ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update