Kath khabar
मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलको शानदार जित

लन्डन, कार्तिक ८ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा लिभरपुलले ५–० गोलको शानदार जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरले हराएको हो ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गर्नुभयो । नेबी केइटा र डिएगो जोटाले एक÷एक गोल गर्नुभयो। लिभरपुलका लागि पाँचौँ मिनेटमा केइता, १३ औँ मिनेटमा जोटाले गोल गरे भने मोहम्मद सालहले ह्याट्रिक गर्नुभयो । उहाँले ३८ औं , पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेट तथा ५० औँ मिनेटमा गोल गर्नु भएको हो ।

६० औँ मिनेटमा सिधै रातो कार्ड पाएर पउल पोग्बा मैदानबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि दोस्रो स्थानको लिभरपुलको ९ खेलबाट २१ अंक भएको छ । १४ अंकसहित म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा लेस्टर सिटीले ब्रेन्ट्फोर्डलाई २–१ तथा वेष्ट ह्यामले टोटनह्यामलाई १–० ले पराजित गरेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update