Kath khabar
भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं, कार्तिक ८ । विश्वकप क्रिकेट अन्तर्गत भएको आइतबार राति खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। यो सँगै पाकिस्तानले भारतलाई क्रिकेटको विश्वकपमा हराएको यो पहिलोपटक हो।

भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १३ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनायो ।  भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन जोड्नु भयो । यसैगरी विकेट किपर ऋषभ पन्तले ३९ रन बनाउनु भयो। पन्त र कोहलीबीच चौथो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्ताले १७.५ ओभरमा विकेट नपुर्‍याई पूरा गरेको थियो। बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले तीन विकेट लिनु भयो। शहीनले केएल राहुल, रोहित शर्मा र कोहलीलाई आउट गरे । यस्तै हसन अलीले दुई विकेट लिनुभयो । यसअघिका पाँचवटै विश्वकपमा पाकिस्तानले भारतसँग हार व्यहोरेको थियो।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update