काठमाडौं, कार्तिक ८ । अमेरिकाले अनुदानको रुपमा उपलब्ध गराएको फाइजरको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भएको छ । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।
अमेरिकाबाट आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने तयारी छ । त्यो खोप आएपछि बालबालिकालाई पनि लगाइने सरकारको तयारी छ । फाइजर खोप अद्धि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आएका थिए ।
यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।