Kath khabar
अर्थतन्त्र थलापर्न लागेका बेला तथ्यांक विभाग भन्छ : ४ प्रतिशतको आर्थिक बृद्धि, संभव छ ?


काठमाडौं, बैशाख १८ । कोरोना महामारीका कारण देशको अर्थतन्त्र  फेरी थला पर्न लागेको छ । तर सरकारको तथ्यांक व्यवस्थित गर्ने निकायले भने यो आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक बृद्धि हुने बताएको छ । जबकी ब्यापार व्यवसाय र आर्थिक गतिबिधी अहिले पुरै ठप्प हुन लागेको छ ।


तथ्यांक विभागको यो बिश्लेषण बस्तुगत छैन । किनभने उसले गरेको यो आकलन अबको २ हप्ता पछि देश सामान्य अवस्थामा फर्कन्छ भन्ने हो । के तपाईलाई लाग्छ  दुइ महिनापछि अवस्था सामान्य हुन्छ ? जो कोहि पनि भन्न सक्छ कि कोरोन संक्रमणको दर उच्च रुपमा फैलिएको र मृत्युदर पनि बढेकाले यो  संभव छैन ।


तथ्यांक विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीका अनुसार यो आंकलन बन्द बढ्यो भने फेरी संसोधन गर्नुपर्छ । जबकी महामारीको पहिलो मारमा परेको पर्यटन क्षेत्र  यो वर्ष ११ प्रतिशतको बृद्धिको अपेक्षा गरिएको छ ।


भण्डारी भन्नुहुन्छ  ‘गत वर्ष आर्थिक बृद्धि ऋणात्मक रहेकाले बेस नै कम भएकाले यो आर्थिक वर्ष कोभिडको महामारीमा पनि ४ प्रतिशतको आर्थिक बृद्धि  संभव भएको हो, निषेधाज्ञा लम्बीए यो तथ्यांक फेरी संसोधन गर्नुपर्छ । ’


त्यस्तै गत आर्थिक वर्षको आर्थिक बृद्धिदर २ दशमलव एक  प्रतिशतले नकारात्मक  भएको  बताएको छ  । यसअघि गत फागुनमा भने सरकारले १ दशमलव नौ नौ प्रतिशतले ऋणात्मक रहेको बताएको विभागले शुक्रबार संसोधन गर्दै झनै नकारात्मक रहेको देखाएको हो ।


आवास तथा भोजनालय गत वर्ष तथ्यांक विभागले यस अघि गरेको प्रक्षेपण भन्दा तल खस्कीएपछि आर्थिक बृद्धि झनै नकारात्मक भएको देखिएको हो ।


सरकारले भने गत आर्थिक वर्ष ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।


करिब ४० वर्ष पछि अर्थतन्त्रमा नकारात्मक बृद्धि देखिएको हो । यसअघि आर्थिक वर्ष २०३६/३७ मा नेपालको अर्थतन्त्र १.३ प्रतिशतले ऋणात्मक भएको थियो ।


२०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीका बेलामा मुलुकको अर्थतन्त्रको वृद्धिदर शून्य प्रतिशतको हाराहारीमा झरेपनि नकारात्मक बृद्धि भने भएको थिएन ।


सरकारले आकलन गरेको आर्थिक बृद्धि हुने झिनो पनि आश गर्न सकिदैन । परम्परागत रुपमा बैशाख महिनामा प्रत्येक वर्ष निस्कने यो आकडा अन्य समयमा वास्तवीकतासँग मेलखाने भएपनि यो बेलामा भने केबल कर्मकाण्डी काम जस्तो देखिन्छ ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update