Kath khabar
सिद्धार्थ बैंकको १५ प्रतिशतको लाभांश घोषणा

काठमाडौं, कात्तिक ८ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७–०७८ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आईतबार बसेको सञ्चालक समितिको ३८१ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ७५ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार एक सय ९५ रुपैंया रहेकोमा १४ दशमलव २५ प्रतिशत बराबरको एक अर्ब ५६ करोड २१ लाख २७ हजार छ सय ३६ रुपैंया बराबरको बोनस शेयर र शुन्य दशमलव ७५ प्रतिशत बराबरको आठ करोड २२ लाख १७ हजार दुई सय ४४ रुपैंयाँ बराबरको नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात तथा आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जानकारी दिएको छ । बैंकले हाल देशभर १८९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैैंकिङ्ग र २०९ एटिएम मार्फत् उच्चस्तरिय बैैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update