Kath khabar
खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने

रोम, कात्तिक ८ । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहनुभएको छ। अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उहाँको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाउनुभएको छ। कैयौ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्याउने पहिलो व्यक्ति हुनुहुन्छ । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिनु भएको हो । २१ वर्षीय लेमको अहिले इटलीमा बसोबास रहेको छ । एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड-१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गर्नुभएको थियो ।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गर्नुभएको छ । बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गर्नुभएको छ । तर भिडिओमा उहाँ बोल्नुहुन्न। उहाँको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।

(रासस)

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update