इरानसँग नेपाल ४ गोलले पराजित
काठमाडौं, कार्तिक ९ । एएफसी यू–२३ च्याम्पियनसिप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इरानसँग ४–० ले पराजित भएको छ ।
ताजिकिस्तानमा भइरहेको खेलको पहिलो हाफ सकिँदा दुवै टोलीबाट गोल हुन सकने । दोस्रो हाफमा भने इरानेले नेपाल विरुद्ध चार गोल गर्दै जित हात पारेको हो ।
नेपाल र इरान रहेको समूहमा घरेलु टोलीसहित लेबनान पनि रहेको छ। नेपालले बिहीबार ताजिकिस्तान र आइतबार लेबनानसँग खेल्ने छ।
समूहको विजेता फाइनल चरणमा पुग्ने छ। यसैगरी ११ वटा समूहका सर्वोत्कृष्ट चारवटा उपविजेता टोली पनि फाइनल चरणमा पुग्नेछन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८ ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय