Kath khabar
संयुक्त राष्ट्रसंघले भन्यो–अफगानिस्तानमा चरम खाद्य संकट

अफगानिस्तान, कार्तिक ९ ।  अफगानिस्तानमा खाद्यान्नको चरम अभाव सुरु भएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका जनताले खाद्यान्नको संकट सामना गरिरहेको बताएको छ ।  संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमले अफगानिस्तानमा देखिएको आद्यान्न अभाव तत्काल समाधान नभए केही महिनाभित्रै त्यहाँको अवस्था भयावह हुने चेतावनी दिएको छ ।

अफगानिस्तानमा आधाभन्दा बढी २२ दशमल ८ मिलियन जनसंख्याले खाद्यान्नको अभाव झेलिरहेका छन् । राष्ट्रसंघले पोषणको अभावमा अफगानिस्तानका पाँच वर्षमुनिका झण्डै ३ दशमल २ मिलियन बालबालिका कुपोषणको शिकार हुनसक्ने प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।

विश्वखाद्य कार्यक्रमकी निर्देशक डेभिड बिस्लीले अफगानिस्तानका जनताहरुले अहिले भानवीय संकट भोगिरहेको बताउनु भएको छ। तालिबानले शासन सत्ता हातमा लिए पछि भने अफगानिस्तानको स्थिति दयनीय बन्दै गएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update