काठमाडौ, चैत २६
उद्यमशीलताको विकास र महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको हो ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो । सोही अभियानको निरन्तरता स्वरुप कोरोना प्रकोपका बाबजुद देशभरिका एक सय ५० भन्दा बढी महिलाहरूलाई आधारभूत तालिम प्रदान गरेको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरेका ब्यूटिसियनहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । ग्लो टु ग्लो दी ब्यूटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहका अनुसार मेकअप र हेयर डिजाइनको विशेषज्ञा तालिम प्रदान गरिएको हो । ‘ब्यूटिसियन कै रुपमा कार्यरत रहेका धेरै जिल्लाका महिलाहरूले तालिमका लागि आउनु भएको थियो, उहाँहरूले ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोबाट थप दक्षता हासिल गर्नुभएको छ,’ प्रबन्ध निर्देशक शाहले भनिन्, ‘तालिमपछि उहाँहरूलाई आत्मविश्वास अभिवृद्धिका लागि प्रमाणपत्र पनि प्रदान गरिएको हो ।’
ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले विश्व बजारको नवीनतम् प्रयोग र नेपालमा देखिएको ट्रेण्डलाई अझै परिष्कृत ढंगले अघि बढाइरहेको शाहले जानकारी दिनुुभएको छ । ‘महिलाहरूलाई यही क्षेत्रबाट सक्षम बनाउनका लागि फरक ढंगको कार्यक्रम सञ्चालन गर्ने यो एउटै मात्र संस्था हो, महिलालाई आफूमा विश्वास गर्न सक्ने बन्न प्रेरित गर्ने उद्देश्यले नै यो कार्यक्रम गरिएको हो,’ शाहले भन्नुभयो । ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले हरेक वर्ष कार्यक्रम गरेर तालिममा सहभागी भएका ब्यूटिसियनहरूलाई प्रमाणपत्र दिने गरेको छ । सबै मेकअप आर्टिस्ट, हेयर आर्टिस्ट र सफल ब्यूटिसियन वा प्रोफेसनल आर्टिस्टहरूलाई एकै ठाउँमा भेला पारेर अनुभव आदानप्रदान गरिएको जानकारी शाहले दिनुभयो ।
‘नेपालमा धेरै मानिसहरूलाई उदीयमान स्टार्ट अपको रुपमा यो क्षेत्र रहेको भन्ने कुरा थाहा नहुन सक्छ, नेपालमा अहिलेसम्म मेकअप आर्टिस्ट र हेयर आर्टिस्ट केन्द्रित कार्यक्रम पनि छैन,’ प्रबन्ध निर्देशक शाहले भन्नुभयो ‘स्टार्टअप आर्टिस्टले प्रोफेसलनस्लाई भेटेर उनीहरूको अनुभव सुन्न सम्भव छैन, यद्धापी ग्लो टु ग्लोका विद्यार्थीहरूलाई एउटै प्याल्टफर्ममा ल्याउने कोसिस हामीले गरेका हौं ।’
यसैबीच, ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले दुबईमा पनि फेन्चाइज विस्तार गरेको छ । ‘हामीले हाम्रा विद्यार्थीहरू अन्तर्राष्ट्रिय आर्टिस्टकोरुपमा काम गर्न सक्षम हुन् भन्ने लक्ष्य अनुसार फेन्चाइज सुरु गरेका हौं ’ उनले भनिन् । ग्लो टु ग्लोलाई बहुराष्ट्रिय कम्पनीकोरुपमा विकास गर्ने उद्देश्य रहेको बताउँदै शाहले अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन र विस्तारको प्रयासमा आफूहरू रहेको जानकारी दिनुभयो । ग्लो टु ग्लोको पहिलो कार्यक्रम अप्रिल २०१९ मा आयोजना गरेको थियो। जसमा नेपालका विभिन्न जिल्लाबाट ६० जना भन्दा बढी सहभागी भएका थिए ।
यसैबीच, उक्त कार्यक्रममा ग्लो टु ग्लोमा तालिम लिएका ब्यूटिसियन सुनिता कार्की र बबिता मानन्धरले आफ्नो अनुभव सुनाएका थिए । क्वीज प्रतिस्पर्धाकी विजेता दीक्षा थापालाई १० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।