Kath khabar
रोमाञ्चक बन्दै ला लिगाको उपाधी

स्पेन, वैशाख १९ । स्पेनिस  लिग ला लिगामा दोस्रो स्थानको रियाल मड्रिडले ओसासुनालाई दुइ सुन्य गोलले हराएको छ  । यो जितपछि ला लीगा उपाधी होड रोमाञ्चक बनेको छ  ।

अल्फ्रेदो दि स्तेफानोमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीम रोकिएको थियो । खेलको ७६ औ मिनेटमा इडर मिलीटाओले रियालको खाता खोल्नु भएको थियो । इस्कोले गरेको कर्नर प्रहारमा उहाँले हेडर गोल गरि रियाललाई अग्रता दिलाउनु भएको हो । त्यसको चार मिनेटमा ब्राजिलियन खेलाडी कासमिरोले करिम बेञ्जेमाको पासलाइ सदुपयोग गरि सुन्दर गोल गर्दै रियालको अग्रता दोब्बर बनाउनु भयो । खेलको सुरुवातमा रियालका इडेन हाजार्डले गरेको प्रहार बिफल भएको थियो ।

मिलीटाओले पहिलो हाफमा गरेको हेडर प्रहारलाई ओसासुनाका गोल रक्षक सर्जियो हरेराले बचाउनु भएको थियो । दोस्रो स्थानको रियालले यो नतिजा पछि ३४ खेलबाट ७४ अंक बनाएको छ । समान खेल खेलेको शीर्ष स्थानको एट्लेटिको मात्र दुइ अंक अघि छ । एट्लेटिको गएराती नै भएको खेलमा इल्चलाई एक सुन्य गोलले हराएको थियो । बिहीबार तेस्रो स्थानको बार्सिलोनाले ग्रानाडासंग दुइ एक गोलको पराजय ब्येहोरेपछि शीर्ष स्थानमा उक्लने मौका गुमाएको थियो  । 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update