Kath khabar
सनु प्रतितोला ९२ हजार ६ सय

काठमाडौं, कार्तिक ९ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सयले बढेको छ ।  स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । सुन  सोमबार प्रतितोला  ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी  महासंघले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

 महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला र ९२ हजार एक सय रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९ सय रुपैयाँ थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले   प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update