एम्दावाद्, वैशाख १९ । इन्डियन प्रिमियर लिग आइपिएलमा किरोण पोलार्ड शानदार प्रदर्शनमा मुम्बइ इन्डियन्सले चेन्नाइ सुपर किंग्सलाई चार विकेटले पराजित गरेको छ । यो मुम्बइको पाँचौ जित हो।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा मात्र चार विकेट गुमाएर दुइ सय १८ रनको विशाल योगफल बनाएको थियो । चौथो बलमा मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको चेन्नाइका लागि फाप दु प्लेसी र मोइन अलीले दोस्रो विकेटका लागि ९८ रनको ठुलो साझेदारी गरे । मध्यक्रमका ब्याट्सम्यान अम्बाती राइडुले आक्रमक पारी खेल्दै २७ बलमा अविजीत ७२ रनको पारी खेल्नु भयो । उहाँले सात छक्का र चार चौका प्रहार गर्नु भएको थियो । मोइन अलीले पाँच चौका र पाँच छक्काको मद्धतमा ५८ रनको योगदान गरे भने फाप दु प्लेसीको ५८ रनको योगदान रह्यो । पोलार्डले दुइ विकेट लिनु भयो ।
जवाफमा दुइ सय १९ विशाल लक्ष्य मुम्बइले अन्तिम बलमा छ विकेट गुमाएर पुरा गर्यो । आइपिएलको इतिहासमा कुनै पनि टिमले पुरा गरेको यो दोस्रो ठुलो लक्ष्य हो । १० ओभरको समाप्तीमा मुम्बइले ३ विकेट गुमाएर मात्र ८१ रन बनाएको थियो । ओपनरद्धय क्वीन्टीन डि कक र रोहित शर्माले ७१ रनको साझेदारी गरेका थिए । कप्तन रोहितले ३५ रन बनाउँदा क्वीन्टिन डि ककको ३८ रन बनाउनु भयो । त्यसपछि मैदानमा आएका पोलार्डले मात्र १७ बलमा ५० रन बनाउनु भयो ।
आफ्नो पारिको सुरुवात नै उहाँले बायाँ हाते स्पिनर रविन्द्र जडेजालाई चार बलमा तीन छक्का हिर्काएर गर्नु भएको थियो । १४ बलमा ३४ रन चाहिएको अवस्थामा फाप दु प्लेसीले लङ अनमा क्याच ड्रप गरेपछि पोलार्डले जिवन दान पाउनु भएको थियो । अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा उहाँले एक छक्का, दृुइ चौका र अन्तिम बलमा दुइ रन जोड्दै पोलार्डले मुम्बइलाई जिताउनु भएको हो । उहाँले विष्फोटक पारी खेल्दै ३४ बलमा ८ छक्का र ६ चौकाको मद्धतमा ८७ रनको अविजीत पारी खोल्नु भएको हो ।