Kath Khabar
डान्स रियालिटी सो ‘डान्स च्याम्पियन’ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै


काठमाडौं, कात्तिक ९ । इन्टर्नेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि द्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रा.लि.का लागि कार्तिक २५ गते, बिहिबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ ।

उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्दैछ। नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले र ओएसआर डिजिटलले नियमित प्रसारण गर्नेेछ । उक्त मेगा–शो प्रत्येक बिहिबार र शुक्रबार, हप्ताको २ दिन, बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिनेछ ।

डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् । उक्त कार्यक्रमका निर्देशक गजित बिष्ट हुनुहुन्छ । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update