काठमाडौं , कार्तिक १० । करिब बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।
कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ । कोरिया पुगे पछि युवाहरुलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको छ । प्रतिवद्ध कामदारहरु कोरियामा दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने हुन्छ त्यो पनि आफैन खर्चमा इपिएस शाखाका निर्देशक सुरेश राउतले काठखबरसँग भन्नु भयो । लामो प्रयास पछि कोरिया खुला गर्न पाएकोमा युवाहरुले खुसी व्यक्त गरेको उहाँको भनाई छ ।