म्याड्रिड, कार्तिक ११ । बार्सिलोना आफ्ना मूख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । बार्सिलोनाले नियुक्त भएको १४ महिना मै कोम्यानलाई वर्खास्ता गरेको हो ।
ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० ले पराजित भएको थियो । पराजित भए सँगै क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
भालेकानोसँग हारपछि बार्सिलोनाले एक सूचना जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ । रायो भालेकानोसँग बार्सिलोना पराजित भएपछि अध्यक्ष लापोर्टले रोनाल्डलाई बर्खास्त गरिएको जानकारी गराएको वक्तव्यमा उल्लेख छ ।
यस्तै कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने पनि बार्सिलोनाले जनाएको छ ।
बुधबार रायो भोलेकानोसँग पराजित भएपछि बार्सिलोना तालिकाको नवौँ स्थानमा पुगेको छ र शीर्ष स्थानको टिम भन्दा ६ अंकले पछि रहेको छ ।
स्पेनिस ला लिगामा बार्सिलोनाले यो सिजन १० खेलबाट मात्रै १५ अंक जोडेको छ । बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगमा समूह चरणका दुई खेलमा हार बेहोरी सकेको छ ।
बार्सिलोना पछिल्ला चार खेलमा तीनमा पराजित भएको छ । गएको आइतबार एल क्लासिकोमा पनि बार्सिलोना पराजित भएको थियो ।
रोनाल्डले बिहीबार टिमसँग बिदाइ माग्नु हुनेछ । गएको सिजन उहाँको प्रशिक्षणमा बार्सिलोना ला लिगाको तेस्रो स्थानमा थियो ।