Kath khabar
राष्ट्रिय वाणिज्य बैंकद्धारा उर्जा बचत कार्य गरेवापत १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण


काठमाडौं, कात्तिक १२। राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इर्नर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत शुक्रबार छ करोड ५० लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक/एक करोड रुपैयाँ, नेपाल वायर्स एण्ड केवल लाई ६४ लाख ८४ हजार रुपैंया, पञ्चकन्या स्टिल इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैयाँ, पञ्चकन्या मेटल इन्जिनियरिङ्ग लाई ४४ लाख १९ हजार रुपैयाँ, एसआर स्टील इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैयाँ, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैयाँ, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैयाँ, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैयाँ, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैयाँ र विजयदिप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैंया  रकम हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम  हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउँदै हालसम्म ३० वटा  भन्दा बढी उद्योगहरूलाई १६ करोड ३५ लाख रुपैयाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताउनुभयो । नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम  आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जुकेटिङ एजेन्सी (पिईए) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलब्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड सम्मको अनुदान रकमको सीमा कायम गरिएको छ

उक्त समारोहमा निप कार्यक्रमका व्यवसायजन्य स्वास्थ्य तथा सुरक्ष विज्ञ डा. दुर्गा करणजीत, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरू पवन रेग्मी, विमल डङ्गोल, विनयरमण पौडेल, उप प्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update