नेपालमा थप ५४९ जनामा कोभिड १९ को संक्रमण पुष्टि
६ जनाको मृत्यु, ५६९ जना संक्रमणमुक्त
काठमाडौं, कात्तिक १२। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ४९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल नौ हजार सात सय ४६ वटा नमूनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणलाई कारण मृत्यु हुनेहरूको संख्या ११ हजार तीन सय ८८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ६९ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या १० हजार तीन सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८ १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय