काठमाडौं, कात्तिक १३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ७२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल सात हजार नौ सय ११ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार तीन सय ९९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप नौ सय ११ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा कोरोना मुक्त हुनेको कुल संख्या सात लाख ९१ हजार दुई सय ६९ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप एक सय ६८ जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा एक सय तीन, ललितपुर जिल्लामा ४५ र भक्तपुर जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको छ ।