Kath khabar
के तपाईँको उद्योग व्यवसाय, कोभिड १९ को अति प्रभावित क्षेत्रमा पर्छ ?

काठमाडौँ, कार्तिक १४ । के तपाईंको उद्योग व्यवसाय बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीबाट अति प्रभावित एवं मध्यम प्रभावित क्षेत्र पर्छ रु यदि पर्छ भने नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमार्फत यस्ता उद्योग व्यवसायीहरूलाई सहुलियत ब्याजदरमा पुर्नकर्जा दिने भएको छ ।

 

पुर्नकर्जाको लागि राष्ट्र बैंकले आज आइतबार वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरूलाई एकमुष्ठरूपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन माग गरेको छ । सो अनुरुप बैंक तथा फाइनान्स कम्पनीहरूले कोभिड १९ प्रभावित ग्राहकको तर्फबाट राष्ट्र बैंक समक्ष एकमुष्ठरुपमा पुर्नकर्जा माग गर्दे कात्र्तिक १४ गते अर्थात आज आईतबारको मितिबाट यही मंसिर १९ गतेसम्म राष्ट्र बैंकसमक्ष आवेदन दिनुपर्ने छ । यसरी लिएको कर्जा बैंक तथा फाइनान्स कम्पनीहरुले सम्वन्धीत कोभिड १९ प्रभावित ग्राहकहरुलाई सहुलियत ब्याजदरमा उपलब्ध गराउनु पर्ने छ । 

राष्ट्र बैंकका अनुसार यस्तो कर्जाको लागि कोभिड १९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुले कर्जा प्रवाहको लागि आवेदन दिन सक्नेछन् ।  कोभिड १९ बाट अतिप्रभावित क्षेत्र अन्तर्गत पयर्टन क्षेत्रमा पर्ने ट्रेकिङ, ट्राभल एजेन्सी, टुर अपरेटर, क्यासिनो, मसाज, स्पा, होटल तथा पर्यटक आवसा, साहसिक पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, पार्टी प्यालेस, चलचित्र, बितरण सिनेमा हल आदि रहेकाछन् । यसैगरी मध्यम प्रभावित क्षेत्र अन्र्तगत भने खप्ने सामान जस्तै फलाम, स्टिल, टायर, अस्पताल, क्लिनिक, प्रशोधन तथा बिक्री बितरण केन्द्र, बन तथा खनिजजन्य उद्योग, औषधी, निर्माण व्यवसाय, छपाई, प्रकाशन तथा सञ्चार गृह, जलविद्युत, नवीकरणीय ऊर्जा आदि परेकाछन् । यसरी पुर्नकर्जा माग गर्ने संस्थाले कुुल पुर्नकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत हुनुपर्ने सर्त सिमा तोकिएको छ । हाल एकमुष्ट पुर्नकर्जा उपयोग गरिरहेका ऋणीहरू यस आव्हानमा पुन आवेदन दिन योग्य नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ । 

एक भन्दा बढी बैंक तथा बित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक, वित्तीय संस्थामार्फत भएको आवेदन व्यहोरा सुनिश्चित गर्नुपर्ने छ । यसैगरी पुर्नकर्जाको लागि आवेदन गर्दा लघुु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले आवेदनको लागि ऋणी छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँच वटा ग्राहक ऋणी समेटिएको हुनुपर्ने छ । राष्ट्र बैंकका अनुसार यसरी प्रदान गरिने पुर्नकर्जाको अधिकृत सिमा प्रति ग्राहक पाँच करोड रुपैयाँसम्म हुुने छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update