काठमाडौं, कार्तिक १४। एनएमबि बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निणर्य गरेको हो ।
बैंकले १२.५ प्रतिशत बोनस सेयर र ३।३ प्रतिशत नगद लाभांश गरी १५.८ प्रतिशत लाभांश दिने भएको हो ।बैंकको कार्तिक १२ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.३० प्रतिशत नगद गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ रहेको छ । प्रस्तावित २ अर्ब ४ करोड ७ लाख ४५ हजार १०६ रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५८ रुपैयाँ पुग्नेछ ।