Kath khabar
यूनाइटेड इन्स्योरेन्स  कम्पनीमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत नियुक्त 

काठमाडौं, वैशाख १९ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरिएको छ । उहाँको नियुक्ति संगै उहाँ बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ भने अर्कोतर्फ हाल सम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल हुनुभएको छ  । 

विगत एक दशकभन्दा बढि कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फयाकल्टी अफ म्यानेजमेन्ट स्टडीज (एफएमएस) बाट एम.बि.ए सम्मको अध्ययन पुरा गनु भएको उहाँले भारतमा नै  बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँ यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्य गर्दै आउनुभएको थियो ।

उहाँको कार्यसम्पादनप्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्षजनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उहाँ कर्मचारीको टिम वर्कलाई विशेष ध्यान दिनुहुन्छ । उहाँकोे आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उहाँको प्रमुख कार्यकारी अधिकृतकोरुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने बिश्वास कम्पनीले लिएको छ ।  

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update