Kath khabar
विद्यार्थीहरुलाई एनआई सी एशिया क्यापिटलमा नि:शुल्क डिम्याट र मेरो शेयर खाता

काठमाडौं, कार्तिक १५। एनआई सी एशिया क्यापिटलले विद्यार्थीहरूलाई सहज र निःशुल्क रुपमा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता उपलब्ध गराउने भएको छ । यसको लागि क्यापिटलले “एनआई सी एशिया विद्यार्थी डिम्याट खाता योजना” संचालन गरेको छ । उक्त योजना अन्तर्गत एनआई सी एशियामा अनलाइन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्ने विद्यार्थीहरुले २०७८ साल माघ मसान्तसम्म निःशुल्क डिम्याट खाता, एक वर्ष सम्म निःशुल्क मेरो शेयर सुविधा, पहिलो वर्षको डिम्याट खातानविकरण शुल्क छु र समग्र शेयर बजारको अवस्थाको विश्लेषण गरिएको एनआई सी एशिया क्यापिटलको न्यूजलेटर प्राप्त गर्न सक्नेछन ।

यो योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाता खोल्नको लागिएनआई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/मा क्लिक गरी रितपुर्वक विवरण भरि सहजै रुपमा डिम्याट खाता र मेरो शेयरको खाता प्राप्त गर्न सकिने छ । यस योजना अन्तर्गत डिम्याट खाता खोल्ने विद्यार्थीहरुलाई आवश्यक विवरण Successfully Submission भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update