Kath khabar
स्रोत भन्दा बढि कर्जा प्रवाह गर्दा बैंकमा तरलता अभाव : गभर्नर अधिकारी

काठमाडौं, कात्तिक १६ । बैकहरुले स्रोत  भन्दा बढि कर्जा प्रवाह गरेकाले अहिले तरलता अभावको स्थिति  सिर्जना भएको गभर्नर महाप्रसाद अधिकारीले बताउनु भएको छ  ।

यसरी गरिएको लगानीबाट दिर्घकालमा आउन सक्ने समस्याका बारेमा समयमै बैंकहरुले नसोचेका कारण अहिले बैंकिङ क्षेत्रमा तरलता अभावको स्थिती सिर्जना भएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको तर्क छ ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना  गरेको तरलता अभाव कारण र समाधान विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै  गभर्नर नेपालले बैंकहरुलाई संयमित भएर लगानी गर्न आग्रह गर्नु भएको हो ।  

गत वर्ष महामारीका  कारण थुप्रिएको निक्षेपलाई बैंकहरुले सेयर लगानीकर्ताहरुलाई फोन गरेर बोलाएर  ऋण लैजान आग्रह गर्नु भएको थियो ।

बैंकिङ क्षेत्रमा अहिले १७ अर्ब मात्रै लगानीयोग्य  रकम रहेको छ । असार यता बैंकहरुले ३ खर्ब ५१ अर्ब बराबर कर्जा प्रवाह गरेका छन् उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्न्ुभयो  सरकारले राजस्व उठाउने तर गर्नुपर्ने खर्च बढाउन नसकेकाले तरलता अभावको स्थिती आएको हो । लगानीयोग्य रकमको अभावसँगै कर्जाको ब्याजदर माथि जाने हो भने सरकारले यो वर्ष लक्ष्य राखेको सात प्रतिशतको बृद्धि संभव नभएको उहाँको तर्क छ ।

बैंकर्स संघका अध्यक्ष  भुवन कुमार दाहालले भने असार यता बैंकहरुले अनुमान गरेजसरी  निक्षेप नआएको तर कर्जा भने अनुमान गरेभन्दा बढि आएकाले यस खालको  समस्या आएको बताउनु भएको छ  ।

साथै उहाँले अब कर्जा के कस्तो क्षेत्रमा केन्द्रित गर्ने र केमा अलि कम गर्ने भनेर नियामक निकायले सोच्नुपर्ने बताउनु भयो ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update