Kath khabar
लेवान्डोस्कीको ह्याट्रिकले बायर्न नकआउट चरण प्रवेश

पेरिस, कार्तिक १७ । बार्यन म्युनिखका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रि गर्नु भएको छ ।  लेवान्डोस्कीले आफ्नो १ सयौँ च्याम्पियन्स लिगको मंगलबार रातिको  बेनफिकासँगको खेलमा ह्याट्रिक गर्नु भएको हो ।  बेनफिकाललाई  बायर्न ५–२ गोलले हराउदै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

 २६ औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाउनु भयो। ३२ औँ मिनेटमा सर्जी ग्नाब्रीले टोलीको अग्रता दोब्बर बनाए तर मोराटोमा बनफिकाका लागि एक गोल फर्काउनु भयो । पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमार्फत् भने गोल गर्न सक्नु भएन ।

दोस्रो हाफको शुरुवातमा नै लेरोय सानले गोल गर्दै बायर्नलाई पुनः दुई गोलको अग्रता दिलाउनु भयो । ६१ औँ मिनेटमा लेवान्डोस्कीले अर्को गोल थपे । डार्विन नुनेजले ७४ औँ मिनेटमा बेनफिकाका लागि दोस्रो गोल गरे पनि ८४ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्नु भयो ।

यो सिजन बायर्नका लागि उहाँले १८ खेलमा २२ गोल गर्नु भएको छ ।यो सिजन चार खेलमा ८ गोल गर्दै लेवान्डोस्की प्रतियोगिताका शीर्ष गोलकर्ता बन्नु भएको छ । प्रतियोगितामा १ सय खेलमा उहाँले ८१ गोल तथा ४ वटा ह्याट्रिक गर्नु भएको छ ।

उता, समूह कै अर्को खेलमा बार्सिलोनाले डाइनामो किएभलाई हराउँदै दोस्रो स्थानमा उक्लिन सफल भएको छ । अन्सु फातीले खेलको ७० औँ मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बन्यो । ४ खेलपछि बायर्नको १२ अंक रहेको छ भने बार्सिलोनाको ६ अंक रहेको छ । बेनफिकाको ४ अंक रहेको छ ।एजेन्सी

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update