इट्ली, वैशाख २० । इन्टर मिलान ११ वर्ष पछि इटालियन लिग सिरियाको च्याम्पियन बनेको छ ।
गएराती दोस्रो स्थानको एटालान्टाले ससौलोसँग एक एक गोलको बराबरीमा रोकिएपछि इन्टर मिलानले चार खेल अघि नै लिगको उपाधी उचालेको हो । इन्टरले गत आइतबार को्रटोनीमाथि दुइ सुन्य गोलको जित हात पार्दै तालिकामा १३ अंकको स्पष्ट अग्रता बनाएको थियो । गत सिजन इन्टरले तालिकाको दोस्रो स्थानमा रहँदै लिग टुंग्याएको थियो । सो बेला इन्टर मिलान मात्र एक अंकले पछि थियो । तर एन्टोनियो कोन्टेले युभेन्टसको सिरियामा एकाधिकार भंग गुर्नभएको छ । अघिल्लो ९ सिजनमा युभेन्टस लगातार च्याम्पियन हुँदै आएको छ । यस अघि २०१० मा जोसे मौरिन्होले इन्टरलाई सिरिया र च्याम्पियन्स लिग दृुवै जिताउनुभएको थियो ।
कोन्टेको यो चौथो सिरिया उपाधी हो। यस अघि उहाँले युभेन्टसबाट २०११ देखि २०१४ सम्म लगातार तीन पटक उपाधी जिताउनु भएको थियो । उहाँले चेल्सीबाट २०१७ मा इंग्लीस लिग पनि जित्नुभएको छ । कोन्टेले जित पछि यो जित आफ्नो करियरको सबैभन्दा महत्वपुर्ण जित रहेको बताउनुभएको छ । गत जनवरीमा उडिनेजेसँग गोल रहित बराबरी खेल्दा शिर्ष स्थानको एसि मिलान भन्दा इन्टर मिलान दुइ अंकले पछि थियो । त्यसपछि लगातार ११ खेलमा जित हात पारेको इन्टरले तालिकामा स्पष्ट अंकको अग्रता बनाएको थियो । ३४ खेलसम्म उसले २९ गोल गरेको छ । एक दशक भन्दा लामो पर्खाइ पछि इन्टरले लिग जितेपछि दर्शकहरु मिलान स्थित आइकोनिक डुमोमा आएर खुशीयाली मनाएका थिए ।